२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

२४ घन्टामा थप १४ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौँ — नेपालमा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १४ सय ५९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । हालसम्म ५६ हजार ७८८ संक्रमितको संख्या पुगेको छ । 

२४ घन्टामा थप १४ सय ५९ जनामा कोरोना संक्रमण

२४ घन्टामा १० हजार ३ सय ७५ पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७८० परीक्षणहरु गरिएका छन् ।

२४ घन्टामा १ हजार ६२ जना डिस्चार्ज र ११ जनाको ज्यान गएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार २५० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ जना रहेको छ ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


प्रकाशित : भाद्र ३०, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?