१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वास्थ्य मन्त्रालयले लक्षण देखिएकामा मात्र पीसीआर परीक्षण गर्ने मापदण्ड बनाउँदै

जनस्वास्थ्यविद् भन्छन् : परीक्षण नगरे संक्रमण झन् तीव्र रुपमा फैलिन्छ

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुमा मात्रै पीसीआर परीक्षण गर्ने मापदण्ड बनाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले लक्षण देखिएकामा मात्र पीसीआर परीक्षण गर्ने मापदण्ड बनाउँदै

इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबार बसेको बैठकले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुमा कुनै लक्षण वा चिन्ह देखिएमा वा व्यक्तिगत सुरक्षा सामग्रीहरु उपयुक्त ढंगले नलागेको शंका भएमा मात्रै आरटी पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी रोग प्रतिरोधी क्षमतासम्बन्धी समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले निर्णय भएको तर मन्त्रिपरिषद्‍बाट पारित भइनसकेको जनाए । उनले भने, 'क्याबिनेटबाट निर्णय भएपछि मात्र टुंगो लाग्छ र कोभिड परीक्षणमा नयाँ मापदण्ड परिवर्तन हुनेछ ।'

जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेका अनुसार स्वास्थ्यकर्मी संक्रमित भए भने उनीहरुबाट अरुमा पनि कोरोना सर्ने सम्भावना हुन्छ । 'कन्ट्याक्ट ट्रेसिङमा परेका छन्, संक्रमितको उपचार गरेका छन् भने लक्षण नदेखिए पनि टेस्ट गर्नुपर्ने हुन्छ । लक्षण नदेखिए पनि सार्न सक्ने सम्भावना हुन्छ ।अनिवार्य रुपमा परीक्षण गरिनुुपर्छ ।'

डा‍. पाण्डेले परीक्षण नगरे संक्रमण झन् तीव्र रुपमा फैलिने बताए । उनले भने, 'परीक्षण नगर्दा झन् फैलिन सक्छ । परीक्षण गर्ने क्षमतामा कमी र खर्च बढी भएको हुनाले यो निर्णय गरिएको हो तर परीक्षणमा कम्प्रोमाइज गर्नु हुँदैन यो निर्णय सच्याउनुपर्छ । पहिला नै परीक्षण गरेर आइसोलेट गर्दा पछि उपचारमा खर्च लाग्दैन ।'

प्रकाशित : भाद्र ३०, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?