कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

सुवास विडारी

मकवानपुर — मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार विहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु (बालक)मा कोरोना पुष्टि भएको हो ।

मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि परिवारकोसमेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो । ‘परिवारको अन्य सदस्यलाई कोरोना देखिएको छैन । सुत्केरीको समयमा अस्पतालमा बस्दा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान हामीले गरेका छौं ।’ चौलागाईं भने । उनका अनुसार उनी हेटौंडा अस्पतालमा सुत्केरी भएको र केही समय बिताएकी थिइन् । ‘शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु घरमै आइसोलेटेड भएर बसेका छन् । उनीहरुको स्वास्थ्यकर्मीको टोलीले निगरानी गरिरहेको छ ।’ उनले भने ।

मकवानपुरमा एक वर्षभन्दा मुनीको शिशुमा कोरोना पुष्टि भएको पहिलो पटक हो । मंगलबार बिहान एक महिने शिशुसहित मकवानपुरमा थप १६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै मकवानपुरमा कोरोना संक्रमित हुनेको संख्या १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : भाद्र ३०, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?