१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौँ — महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनले मगंलबार सामाजिक सञ्जालमा आफूलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेका हुन् । काेराेनालाई छिट्टै जितेर पुन: नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने उनले बताएका छन् ।

महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना संक्रमण

श्रेष्ठले लेखेका छन्, ‘आदरणीय नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरु, विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई हाम्रो नगरमा फैलिन नदिन, नियन्त्रण र रोकथाम गरी नगरबासीहरुलाई सुरक्षित राख्न निरन्तररुपमा खटिरहँदा म आफै कोरोना भाइरसबाट संक्रमित भइ हाल उपचारमा रहेको जानकारी गराउँदै यो रोगलाइ छिट्टै जितेर पुन नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु ।’


नगरपालिकाका जनस्वास्थ्य निरिक्षक भरत बोहराले मेयर श्रेष्ठलाई ३ दिनदेखि ज्वरो आइरहेको र उनको परिवारको पीसीआर परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको बताए । ‘मेयरसा'ब र उहाँको म्याडमलाई कोरोना पोजिटिभ देखिएको हो, उहाँको छोरीको भने नेगेटिभ आएको छ,’ उनले भने । मेयर श्रेष्ठ हाल किस्ट अस्पतालको आइसोलेसनमा र उनकी श्रीमती घरमै आइसोलेसनमा बसिरहेको उनले बताए ।ब्लड प्रेसर र डाइबिटिजको बिरामी र उच्च ज्वरो भएकाले मेयर श्रेष्ठ अस्पतालमा उपचार गराइरहेको उनले बताए ।

‘नगरपालिकाले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन गर्दा मेयर श्रेष्ठ प्रत्यक्ष रुपमा संलग्न भएर संक्रमितलाई काउन्सिलिङ गर्नुहुन्थ्यो,’ उनले भने, ‘त्यसैले उहाँलाई संक्रमण भएको हुन सक्छ ।’

प्रकाशित : भाद्र ३०, २०७७ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?