काठमाडौँ — ब्युटी पार्लर र शैलुन सञ्चालन गर्न दिनुपर्ने माग राख्दै माइतीघर मण्डलामा मंगलबार व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।
सौन्दर्य कला व्यवसायमा आबद्ध ललितपुर, भक्तपुर, काठमाडौं र काभ्रे गरि ४ जिल्लाका व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न नदिए सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताएका छ्न । 
प्रदर्शनमा संयुक्त नाइ संघर्ष समितिले ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म प्रदर्शन गरेको थियो ।
सरकारले कोरोना संक्रमणका बेला अन्य व्यसायहरु सञ्चालन गर्न दिएपनि ब्युटी पार्लर,शैलुन लगायतका सौन्दर्य कला व्यवसायलाई सञ्चालन गर्न दिएको छैन ।
सौन्दर्य कला व्यवसायलाई सरकारले धरसायी बनाउन खोजेको व्यवसायीहरुले बताएका छन् ।
