१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

महाराष्ट्रमा मात्रै २० हजारको मृत्यु

काठमाडौँ — भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनको संख्या ५० हजार नाघेको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ सय ४१ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५० हजार ९ सय २१ पुगेको हो ।

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५७ हजार ९ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ६ सय ६३ पुगेको छ ।

कोरोना पुष्टि भएकामध्ये भारतमा निको हुनेको संख्या १९ लाख १९ हजारभन्दा बढी रहेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा संक्रमितको संख्या ५ लाख ९५ हजारभन्दा बढी नाघेको छ । महाराष्ट्रमा मात्रै कोरोनाबाट २० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा थप ११ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने थप २ सय ८८ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड १६ लाखभन्दा बढी नाघेको छ । त्यस्तै कोरोनाबाट अहिलेसम्म करिब ७ लाख ७५ हजारको मृत्यु भएको छ । कोरोना पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ३६ लाखभन्दा बढी निको भएका छन् ।

प्रकाशित : भाद्र १, २०७७ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?