कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पछिल्लो २४ घण्टामा विश्‍वभर २ लाख २८ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौँ — विश्व स्वाथ्य संगठन(डब्लूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख २८ हजार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा विश्‍वभर २ लाख २८ हजारभन्दा बढीमा कोरोना संक्रमण

यसभन्दा पहिले जुलाई ४ मा एकैदिन २ लाख १२ हजार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार अहिलेसम्म विश्वभर एक करोड २४ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणका कारण ५ लाख ५९ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ६८ लाखभन्दा बढी निको भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा पीडित अमेरिकामा अहिलेसम्म एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ३१ लाख ८२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १८ लाख नाघेको छ भने ७० हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमणका हिसाबले तेस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या करिब ८ लाख पुगेको छ । शनिबार बिहानसम्म भारतमा २१ हजार ६ सय ४ जनाको मृत्यु भएको छ भने करिब ५ लाख निको भएका छन् ।

प्रकाशित : असार २७, २०७७ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?