३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोरोना संक्रमण बढेसँगै हङकङमा विद्यालय बन्द

एजेन्सी

हङकङ — हङकङमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिएको पाइएको भन्दै सबै विद्यालय बन्द गरिएको छ । हङकङका शिक्षामन्त्री केभिन योङले विगत केही दिनदेखि भाइरसको संक्रमण तीव्र देखिएको भन्दै बालबालिकाको सुरक्षाका लागि विद्यालयहरू बन्द गर्नुपरेको जनाए ।

कोरोना संक्रमण बढेसँगै हङकङमा विद्यालय बन्द

आर्थिक केन्द्रका रूपमा चर्चित हङकङमा बिहीबार समुदायस्तरमा ३४ जनामा भाइरसको संक्रमण देखिएको थियो । तीन महिनाको अवधिमा यति ठूलो संख्यामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

विद्यालय बन्द भए पनि परीक्षाको तयारी गरिरहेका विद्यार्थीले भने परीक्षा दिन पाउने शिक्षामन्त्री योङले बताए । तर त्यस्ता विद्यार्थीले मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

हङकङका सरकारी माध्यमिक विद्यालयहरू भाइरस संक्रमण देखिएको भन्दै गत जनवरीमा पनि बन्द गरिएका थिए । संक्रमण नियन्त्रणमा आएको भन्दै विद्यालयहरू गत मे महिनाबाट खुला गरिएको थियो ।

प्रकाशित : असार २७, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?