कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भारतमा पछिल्लो २४ घण्टामा करिब २५ हजारमा कोरोना पुष्टि, ६१३ को मृत्यु

कुल संक्रमितको संख्या ६ लाख ७३ हजारभन्दा बढी, मृतकको संख्या १९,२६८ पुग्‍यो
एजेन्सी

नयाँदिल्ली — भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । भारतमा हरेक दिन संक्रमितको संख्याले रेकर्ड तोडिरहेको छ । आइतबार भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै थप २४ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा करिब २५ हजारमा कोरोना पुष्टि, ६१३ को मृत्यु

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार १ सय ६५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारत कोरोना संक्रमणको हिसाबले तेस्रो स्थानमा रहेको रुसभन्दा केही सय मात्रै पछाडि रहेको छ । रुसमा अहिलेसम्म ६ लाख ७३ हजार ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुसमा ४ लाख ४६ हजारभन्दा बढी निको भएका छन् भने १० हजार ११ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट १९ हजार २ सय ६८ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ४ लाख ९ हजारभन्दा बढी निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा संक्रमितको संख्या २ लाख नाघेको छ । महाराष्ट्रमा संक्रमितको संख्या २ लाख ६४ पुगेको छ भने ८ हजार ६ सय ७१ जनाको मृत्यु भएको छ ।

त्यस्तै तमिलनाडुमा संक्रमितको संख्या एक लाख ७ हजारभन्दा बढी पुगेको छ । तमिलनाडुमा एक हजार ४ सय ५० जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । राजधानी दिल्लीमा कोरोना संक्रमितको संख्या करिब एक लाख पुगेको छ । दिल्लीमा आइतबार बिहानसम्म संक्रमितको संख्या ९७ हजार २ सय पुगेको छ भने ३ हजार ४ जनाको मृत्यु भएको छ ।

इन्डियन काउन्सिल अफ् मेडिकल रिसर्च(आईसीएमआर) का अनुसार भारतमा शनिबारसम्म ९७ लाख ८९ हजार ६६ नमुना परीक्षण गरिएको छ । जसमध्ये शनिबार मात्रै २ लाख ४८ हजार ९ सय ३४ नमुना परीक्षण गरिएको आईसीएमआरले जनाएको छ ।

प्रकाशित : असार २१, २०७७ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?