कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेइजिङका विद्यालय सुचारू

लक्ष्मी लम्साल

बेइजिङ — कोभिड-१९ महामारीका कारण लामो समयदेखि हिउँदे बिदा र अनलाइन कक्षा लिइरहेका बेइजिङका बालबालिकाहरू सोमबारदेखि विद्यालय जान थालेका छन् ।

बेइजिङका विद्यालय सुचारू

जुन १ तारिख अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा बेइजिङका विद्यालय, क्याम्पसहरू खुल्ला भएको घोषणा गरिएको छ । कोरोनाको कहर मत्थर हुँदै गएपछि पछिल्ला दिनहरूमा विद्यार्थीहरू विद्यालय फर्किने क्रम जारी छ ।

गत मे २६ सम्ममा बेइजिङको शिक्षा विभागले छात्रछात्राको विद्यालय फर्किने वातावरण बनाउनका लागि सबै प्रक्रिया पूरा भएको घोषणा गर्नका लागि लाइभ कार्यक्रम गरिएको थियो ।

जसमा विद्यालय प्रवेश गर्ने विद्यार्थीका लागि महामारी प्रतिरोधका लागि स्क्रिनिङ, स्यानिटाइजर, ज्वरोमापन लगायतका यावत विधिहरू व्यवस्थापन गरिएको जानकारी गराइएको थियो । जुन १ तारिख बेइजिङका ६, ७, ८, १० र ११ कक्षाका करिब ४ लाख विद्यार्थीहरू कक्षाकोठामा प्रवेश गरेका छन् । एकसातापछि नै ४ र ५ कक्षाका विद्यार्थीहरू पनि विद्यालय फर्किने वातावरण मिलाइँदैछ।

गत मेको मध्यदेखि नै चीनको शिक्षा मन्त्रालयले महामारीको वैज्ञानिक तथा सटिक रोकथाम र नियन्त्रणका उपाय अबलम्बन गर्ने र क्रमशः विद्यार्थीहरूलाई कक्षाकोठासम्म सुरक्षाको प्रत्याभूति दिने तरिका लागू गरिरहेको बताएको छ। विद्यार्थीको विद्यालय फर्किने अवधिमा महामारी रोकथामका कडा उपायहरू कायम राख्दै उनीहरूमा देखापरेको मनोवैज्ञानिक असरलाई हटाउने खालका कार्यक्रमहरू पनि एकसाथ सञ्‍चालन गरिएका छन् ।

गत वर्षको डिसेम्बर अन्त्यदेखि चीनमा कोरोना भाइरस देखापरेपछि विद्यालय तथा सार्वजनिक भीडभाडका सम्पूर्ण गतिविधि अन्त्य गरिएको थियो । शैक्षिक क्षेत्रमा लामो समयसम्म विदाका साथै अनलाइन कक्षाको अभ्यास गरिएको थियो ।

हाल चीनमा कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै गएको छ तर पनि बाहिरी मुलुकबाट फर्किएका यात्रुहरूबाट कोरोना भित्रिएका केसहरू प्रायः देखिएका छन्। कोरोना भाइरस विरूद्धका चेकजाँच विधिहरू यथावत राख्दै चीनमा लगभग सबै क्षेत्रको जीवन पुनः सामान्य लयमा वहाल हुँदै गएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?