वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ३३ हजार १ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ४ हजार ४ सय ९१ जनाको मृत्यु भएको जोन होप्किन्स विश्वविद्यालय कोरोना रिसोर्स सेन्टरको तथ्यांक उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
डिसेम्बरमा चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण देखिएयता कुनै पनि देशमा एकैदिन मृत्यु भएको यो सबैभन्दा बढी हो ।
US #coronavirus deaths reach 32,917, a Johns Hopkins University tally shows.
The toll marks a huge increase of 4,491 deaths in the past 24 hours, the highest daily toll so far.
The figure likely includes "probable" deaths related to COVID-19, which were not previously included pic.twitter.com/D4xaVoHuHH
शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ३ सय ५३ पुगेको छ । त्यस्तै ५५ हजार ९ सय ४७ जना निको भएका छन् ।
अमेरिकापछि इटालीमा सबैभन्दा बढी २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट स्पेनमा १९ हजार ३ सय १५, फ्रान्समा १७ हजार ९ सय ४१, बेलायतमा १३ हजार ७ सय ५९, इरानमा ४ हजार ८ सय ८९, बेल्जियममा ४ हजार ८ सय ५७, जर्मनीमा ४ हजार ५२, चीनमा ३ हजार ३ सय ४६ र नेदरल्यान्ड्समा ३ हजार ३ सय २७ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ४७ रहेको छ । त्यस्तै संक्रमितको संख्या २१ लाख ५७ हजार पुग्दा करिब ५ लाख ४३ हजार निको भएका छन् ।
