२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कोरोना प्रकोप : अमेरिकामा एकैदिन १९२२ को मृत्यु, ३३ हजारभन्दा बढी संक्रमित

एजेन्सी

वासिङ्टन — अमेरिकामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण लगातार बढिरहेको छ । जोन होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा बुधबार मात्रै थप ३३ हजार ३ सय २३ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना प्रकोप : अमेरिकामा एकैदिन १९२२ को मृत्यु, ३३ हजारभन्दा बढी संक्रमित

त्यस्तै बुधबार एक हजार ९ सय २२ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु बुधबार भएको हो । यसअघि मंगलबार अमेरिकामा कोरोना संक्रमणबाट करिब एक हजार ८ सयको मृत्यु भएको थियो ।


बिहीबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ८ सय १७ पुगेको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या ४ लाख ३२ हजार पुगेको छ । अमेरिकाका ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ भने सबैभन्दा बढी न्युयोर्क प्रभावित भएको छ । अमेरिकाको योमिङ राज्यमा भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन ।


त्यस्तै बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट इटालीमा १७ हजार ६ सय ६९, स्पेनमा १४ हजार ७ सय ९२, बेलायतमा ७ हजार १ सय ११, फ्रान्समा १० हजार ८ सय ८७, जर्मनीमा दुई हजार ३ सय ४९, इरानमा ३ हजार ९ सय ३३ र चीनमा ३ हजार ३ सय ३९ को मृत्यु भएको छ।


बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ हजार ५ सयभन्दा बढी छ। त्यस्तै १४ लाख ८४ हजारभन्दा बढी संक्रमित हुँदा करिब ३ लाख २९ हजार निको भएका छन्।

प्रकाशित : चैत्र २७, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?