कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कोरोना प्रकोप : अमेरिकामा मृतकको संख्या १० हजार नाघ्यो

३ लाख ६८ हजारभन्दा बढी संक्रमित
एजेन्सी

वासिंङ्टन — अमेरिकामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण निरन्तर तीव्र गतिमा बढिरहेको छ ।  जोन होप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ८६ पुगेको छ ।

कोरोना प्रकोप : अमेरिकामा मृतकको संख्या १० हजार नाघ्यो

अमेरिकामा सोमबार मात्रै एक हजार ३ सय ४३ को मृत्यु भएको छ भने ३० हजारभन्दा बढी संक्रमित भएका छन् । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार एक सय ९६ पुगेको छ । अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी न्युयोर्क राज्य प्रभावित भएको छ । संक्रमितमध्ये निको हुनेको संख्या भने करिब २० हजार रहेको जोन होप्किन्स विश्‍वविद्यालयले जनाएको छ।

त्यस्तै मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट इटालीमा १६ हजार ५ सय २३, स्पेनमा १३ हजार ३ सय ४१, बेलायतमा ५ हजार ३ सय ८५, फ्रान्समा ८ हजार ९ सय २६, जर्मनीमा एक हजार ८ सय १०, इरानमा ३ हजार ७ सय ३९ र चीनमा ३ हजार ३ सय ३५ को मृत्यु भएको छ ।

मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार ८ सयभन्दा बढी छ । त्यस्तै १३ लाखभन्दा बढी संक्रमित हुँदा करिब २ लाख ७७ हजार निको भएका छन् ।

प्रकाशित : चैत्र २५, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?