कोरोना प्रकोप : मृतकको संख्या ५३ हजार नाघ्यो, १० लाख बढी स‌ंक्रमित

एजेन्सी

न्युयोर्क — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । शुक्रबार बिहानसम्म प्राप्त भएको तथ्याङ्कअनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार ३० पुगेको छ ।

कोरोना प्रकोप : मृतकको संख्या ५३ हजार नाघ्यो, १० लाख बढी स‌ंक्रमित

त्यस्तै शुक्रबार बिहानसम्म संक्रमितको संख्या पनि १० लाखभन्दा बढी पुगेको छ । विश्वका लगभग सबै देशमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार बिहानसम्म करिब १० लाख १३ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख १० हजारभन्दा बढी निको भएका छन्। उत्तर कोरियाले भने आफ्नो मुलुकमा एक जना पनि कोरोना संक्रमित नभएको दाबी गर्दै आएको छ ।

शुक्रबार बिहानसम्म अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ६ हजार पुगेको छ । जोन होप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५ हजार ९ सय ११ को मृत्यु भएको छ भने २ लाख ४४ हजारभन्दा बढी संक्रमित भएका छन् । अमेरिकाको पनि न्युयोर्क राज्य र न्युयोर्क सहर सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्क सहरमा मात्रै शुक्रबार बिहानसम्म ४९ हजार ७ सय ७ जना संक्रमित भएका छन् भने एक हजार ५ सय ६७ जनाको मृत्यु भएको छ । बिहीबार मात्रै न्युयोर्क सहरमा थप ४ हजारमा संक्रमण देखिएको छ भने १८८ जनाको मृत्यु भएको छ ।

त्यस्तै शुक्रबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ भने संक्रमितको संख्या एक लाख १५ हजार २ सय पुगेको छ ।

त्यस्तै स्पेनमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १२ हजार नाघेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित १० मुलुक

देशमृत्युसंक्रमित
अमेरिका५९११२४४६७८
इटाली१३९१५११५२४२
स्पेन१०३४८११२०६५
जर्मनी११०७८४७९४
चीन३३२२८२४३३
फ्रान्स५३९८५९९२९
इरान३१६०५०४६८
बेलायत२९२६३४१७३
नेदरल्यान्ड्स१३४११४७८८
बेल्जियम१०१११५३४८

प्रकाशित : चैत्र २१, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?