बेलायती राजकुमार चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिर आए

'स्वास्थ्य अवस्था राम्रो'

चैत्र १७, २०७६

एजेन्सी

लन्डन — बेलायती राजकुमार चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिर आएका छन् । गत हप्ता कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी स्कटल्यान्डमा ७ दिन सेल्फ आइसोलेसनमा बसेर बाहिर आएका हुन् ।

बेलायती मेडिकल गाइडलाइनअनुसार ७१ वर्षीय राजकुमार चार्ल्स ७ दिन आइसोलेसनमा बसेका हुन् । क्लारेन्स हाउस(शाही निवास) का अनुसार राजकुमार चार्ल्सको स्वास्थ्य अवस्था राम्रो रहेको छ । शाही निवासका अनुसार राजकुमार चार्ल्स चिकित्सकसँगको परामर्शपछि सेल्फ आइसोलेसनबाट बाहिर आएका हुन् । 

गत हप्ता केही अस्वस्थ महसुस भएपछि राजकुमार चार्ल्स र राजकुमारी क्यामिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । राजकुमार चार्ल्समा कोरोना संक्रमण देखिए पनि राजकुमारीमा भने देखिएको थिएन । राजकुमारी क्यामिला भने अझै केही दिन आइसोलेसनमा बस्ने बताइएको छ । 

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट हानकक, उपस्वास्थ्यमन्त्री नदिन डोरिसलगायतलाई पनि कोरोना संक्रमण देखिएको छ । 

बेलायतमा सोमबार दिउँसोसम्म एक हजार २ सय २८ को मृत्यु भएको छ भने १९ हजारभन्दा बढी संक्रमित भएका छन् ।  

सम्बन्धित समाचार

राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

एजेन्सी

Link copied successfully