कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

एजेन्सी

लन्डन — बेलायती राजकुमार (प्रिन्‍स अफ वेल्स) चार्ल्सलाई कोरोना भाइरस(कोभिड–१९)  संक्रमण भएको छ । ७१ वर्षीय राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमणको पुष्टि क्लारेन्स हाउस (शाही निवास) ले गरेको बीबीसीले उल्लेख गरेको छ । 

राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

क्लारेन्स हाउसका अनुसार अहिले राजकुमार चार्ल्स र राजकुमार क्यामिला बालमोरलमा सेल्फ आइसोलेसनमा रहेका छन् । उनीहरु केही सातादेखि स्कटल्यान्डको बालमोरलबाट आफ्नो जिम्मेवारी सम्हाल्दै आएका थिए ।


राजकुमार चार्ल्समा कसको सम्पर्कमा आएका कारण कोरोना भाइरसको संक्रमण भयो भन्नेबारे भने केही खुलेको छैन । राजकुमार चार्ल्समा कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने राम्राे रहेको बेलायती अधिकारीहरुले जानकारी दिएका छन् । राजकुमार चार्ल्ससँगै पत्‍नी क्यामिलाको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । क्यामिलामा भने कोरोना संक्रमण देखिएको छैन ।

बेलायतमा बुधबार दिउँसोसम्म ८ हजार ७७ जनामा कोरोना संक्रमण देखिएको छ भने ४२२ जनाको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?