कपिलवस्तु — मुलुकको १० ठूलामा नाकामा पर्ने कृष्णनगर नाका सुनसान छ । भारत र नेपालले गरेको लकडाउनका कारण मध्य पश्चिमको सीमा नाका चकमन्न छ ।
नेपालको एक साता र भारतको ३ साताको लक डाउनले सर्वसाधारणहरु घरभित्रै बसेका छन् । नाका दुई दिनदेखि ठप्प छ । नाकामा थोरै सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बाहेक कोही देखिँदैनन् । सीमा वारपार गर्न प्रतिबन्ध छ ।
वारिको कृष्णनगर र पारीको बढनी बजारमा सन्नाटा छाएको छ । व्यस्त बजारका स्थानीयवासी कोही बाहिर निस्केका छैनन् । नेपाली सीमासँग भारतको राष्ट्रिय रेल नेटवर्क जाडिएको सबैभन्दा नजिकको नाका कृष्णनगर हो । यहाबाट भारतका अधिकांश ठूला सहरसम्म रेल सेवा रहेको छ । त्यस्तै जिल्लाको ठूलो नाका मर्यादपुर पनि सुनसान छ ।
