कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले नगरकोटका होटललाई क्‍वारेन्टाइन बनाउने 

काठमाडौँ — सरकारले भक्तपुरको नगरकोटमा रहेका होटललाई क्वारेन्टाइनस्थल बनाउने भएको छ । कोभिड–१९ विरुद्ध क्वारेन्टाइनस्थल निर्माण एवं व्यवस्थापन कार्यदल संयोजक एवं पर्यटनमन्त्री योगेश भट्टराई, भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले बुधबार नगरकोटका होटल व्यवसायीसँग छलफल गरेको थियो । 

सरकारले नगरकोटका होटललाई क्‍वारेन्टाइन बनाउने 

छलफलपछि त्यहाँका होटलहरुलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरु तयारी भएका छन् । कोरोना संक्रमण थप फैलियो भने नगरकोटमा करिब २ हजार जना राख्नेगरी तयारी भएको छ ।

क्वारेन्टाइन निर्माण स्थल र व्यवस्थापनका लागि कार्यदलले भक्तपुर, काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई आफ्ना जिल्लामा संयोजनको जिम्मेवारी दिएको थियो ।

क्वारेन्टाइन व्यवस्थापन कार्यदलले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेका समितिलाई क्वारेन्टाइन बनाउन सकिने स्थान, कोठाको लिस्ट र लाग्ने स्रोत साधनबारे जानकारी गराउन पनि भनेको छ ।

मन्त्री भट्टाईको संयोजकत्वमा बनेको क्वारेन्टाइन व्यवस्थापन कार्यदलले काठमाडौंमा मात्र ५ हजार मानिसलाई राख्न सक्ने गरी क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको छ । यसका लागि सुरुमा होटल तथा सरकारी भवन उपयोग गरिनेछ । त्यसबाहेक विद्यालय पनि प्रयोग गरिने भएको छ ।

बुधबार नै मन्त्री भट्टराई नेतृत्वको टोलीले दुवाकोटस्थित केएमसी हस्पिटलको पनि अनुगमन गरेको छ । दुवाकोटमा क्वारेन्टाइनको लागि ४५० र आइसोलेसनका लागि ५ वार्ड तयारी अवस्थामा राखिएको क्वारेन्टाइन व्यवस्थापन कार्यदलले बताएको छ ।

यस्तै कार्यदलका अनुसार पशुपति क्षेत्रमा रहेको नवनिर्मित धर्मशालामा क्वारेन्टाइनमा ७० जना राख्न मिल्नेगरी व्यवस्थापन भएको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?