२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

थप एकमा देखियो कोरोना संक्रमण

बुनु थारु, अतुल मिश्र

काठमाडौँ — नेपालमा कोभिड १९ (कोरोना भाइरस) को अर्का एक जना संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

थप एकमा देखियो कोरोना संक्रमण

बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारीले कान्तिपुरलाई बताए । संक्रमितको अन्य जानकारी भने खुलाइएको छैन । उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।


केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी अहिले उपचारपछि निको भइसकेका छन् ।

नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो ।

गत डिसेम्बरमा चीनकाे वुहानबाट सुरु भएकाे काेभिड-१९ का कारण अहिलेसम्म १८ हजार ९ सय १२ जनाको मृत्यु भइसकेकाे छ। त्यस्तै ४ लाख २३ हजारभन्दा बढी संक्रमित हुँदा एक लाख ९ हजारभन्दा बढी निको भएका छन्।

सम्बन्धित समाचार

फ्रान्सबाट फर्किएकी युवतीमा कोरोना : विदेशी साथीलाई संक्रमण देखिएपछि परीक्षण

प्रकाशित : चैत्र १२, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?