काठमाडौँ — संसारभर महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले हिजोदेखि एक साताका लागि देशै लकडाउन गरेको छ । लकडाउनको दोस्रो दिन पनि काठमाडौं सहरका सहर बजार सुनसान र शान्त देखिएका छन् ।
अत्यावश्यक काम बाहेक सडकमा निस्कनेको संख्या कम छ । केहीले साइकल तथा मोटरसाइकलबाट खाद्यान्न तथा ग्यासको जोहो गरिरहेको दृश्य उपत्यकाका विभिन्न ठाउँमा देख्न सकिन्छ ।
त्यस्तै सरकारको निर्देशन नमानेर सडकमा निस्कने ३ सय भन्दा बढी सवारी साधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबारको तुलनामा काठमाडौं उपत्यकाका सडक र बजार बुधबार सुनसान र शान्त रहेका छन् ।