१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लकडाउनको दोस्रो दिन : धेरै सुनसान, कतैकतै उल्लंघन [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — संसारभर महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले हिजोदेखि एक साताका लागि देशै लकडाउन गरेको छ । लकडाउनको दोस्रो दिन पनि काठमाडौं सहरका सहर बजार सुनसान र शान्त देखिएका छन् । 

अत्यावश्यक काम बाहेक सडकमा निस्कनेको संख्या कम छ । केहीले साइकल तथा मोटरसाइकलबाट खाद्यान्न तथा ग्यासको जोहो गरिरहेको दृश्य उपत्यकाका विभिन्‍न ठाउँमा देख्न सकिन्छ ।

त्यस्तै सरकारको निर्देशन नमानेर सडकमा निस्कने ३ सय भन्दा बढी सवारी साधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबारको तुलनामा काठमाडौं उपत्यकाका सडक र बजार बुधबार सुनसान र शान्त रहेका छन् ।

तस्बिरहरु - किरण पाण्डे, इलिट जोशी, अंगद ढकाल, हेमन्त श्रेष्ठ, अनिश रेग्मी

प्रकाशित : चैत्र १२, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्