कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रकोप : अस्ट्रेलियामा थप कडाइ

एजेन्सी

सिड्नी — अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि थप कडाइ गर्ने भएको छ । संक्रमण दर फैलन नरोकिएपछि शनिबार सामाजिक दूरी अर्थात् ‘सोसियल डिस्टेन्सिङ’ नियमलाई कडाइका साथ लागू गर्ने घोषणा गरिएको हो । जसअनुसार घरममा बस्न गरिएको सरकारी आग्रह अटेर गरे जरिवाना लगाइने छ ।  

कोरोना प्रकोप : अस्ट्रेलियामा थप कडाइ

न्यु साउथ वेल्सस्थित वृद्धाश्रममा एक वृद्धाको मृत्यु भएसँगै अस्ट्रेलियामा हालसम्म कोरोना कारण १४ जनाको मृत्यु भइसकेको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्र अस्ट्रेलियामा थप २ सय १२ संक्रमित पुष्टि भएसँगै कुल संक्रमित संख्या ३ हजार ३ सय ७८ पुगेको छ, जसमध्ये दुई तिहाई संक्रमित न्यु साउथ वेल्स र भिक्टोरिया राज्यका छन् ।


अन्य मुलुकमा भन्दा अस्ट्रेलियामा संक्रमण दर कम भए पनि जनघनत्व बढी भएका न्यु साउथ वेल्स र भिक्टोरियामा संक्रमित संख्यामा वृद्धि हुन थालेपछि थप कडा कदम चालिएको हो । यी दुई राज्यमा अस्ट्रेलियाको कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् २ करोड ५५ लाख मानिसको बसोबास रहेको छ ।


यसैबीच, अस्ट्रेलिया सरकारले शनिबारबाट लागू हुने गरी विदेशबाट फर्किएका सबै नागरिकलाई सरकारी खर्चमा अनिवार्य दुई साता होटलमा क्वारेन्टाइनमा राख्ने निर्णय पनि गरेको छ । नियम कार्यान्वयनको जिम्मेवारी सेनालाई दिइएको छ ।


‘विश्वमै कोरोना भाइरस फैलिरहेको छ र मलाई लाग्छ विदेशबाट फर्किएका सबै उच्च जोखिममा छन्,’ भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रयुसले बताएका छन् । न्यु साउथ वेल्सका प्रिमियर ग्ल्याडिस बेरेजिकलियलनले संक्रमण दर फैलँदै गए सामाजिक दूरी कायम गर्न थप कडा कदम चाल्ने बताएका छन् ।

प्रकाशित : चैत्र १५, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?