कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न प्रहरीलाई हम्मेहम्मे, ठेगाना र फोन नम्बर नमिल्दा समस्या

जनकराज सापकोटा

काठमाडौँ — फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएपछि संक्रमणको पुष्टी भएकी युवती सवार विमानमा सवार रहेका सबै यात्रुलाई अझै पनि प्रहरीले फेला पार्न सकेको छैन । चैत ४ गते फ्रान्सबाट कतार एयरवेजको क्युआर ६५२ विमान चढेर काठमाडौं आएका एक सय ५८ मध्ये शुक्रबारसम्म ८३ जना सेल्फ क्वारेन्टाइनमा रहेको सूचना प्रहरीले पाएको छ ।

‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न प्रहरीलाई हम्मेहम्मे, ठेगाना र फोन नम्बर नमिल्दा समस्या

विमानमा रहेको ५ विदेशी बाहेक बाँकी ७० यात्रुहरु कहाँ छन् र उनीहरु आफैं सचेत भएर क्वारेन्टाइनमा बसेका छन् कि छैनन् भन्नेबारे प्रहरी अनविज्ञ छ ।

प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार सम्पर्क गर्न नसिएका अधिकांश यात्रुहरुले एउटा जिल्लाबाट राहदानी लिएको भए पनि उनीहरु अन्यत्रै बसाइँ सरेर गएको देखिन्छ । ‘कतिपय यात्रुहरु हाम्रो सम्पर्कमा नआएपनि आफैं क्वारेनटाइनमा बसेका होला भन्ने हाम्रो अनुमान छ,’ उनले भने ।

संक्रमित युवती सवार विमानका १ सय ५८ मध्ये एक सय ९ यात्रु विभिन्न ४० जिल्लाका नागरिक भएको पुष्टी भइसकेको छ । विमानमा सवार १ फ्रेन्च, २ जर्मन र २ भारतीय बाहेक अन्य ४४ नेपाली भने अहिले कहाँ बस्छन् भन्ने पत्ता लगाउन सकिएको छैन ।

यस्तै, प्रहरीले संयुक्त अरब इमिरेट्सबाट एअर अरेबियाको विमान जी ९५३७ बाट नेपाल आएका तेस्रा संक्रमित व्यक्ति सवार विमानका एक सय ७० यात्रुको पनि खोजी जारी राखेको छ । प्रवक्ता जोशीका अनुसार बिहीबार देखि नै यात्रुहरुको राहदानीका आधारमा तिनको ठेगाना पत्ता लगाएर उनीहरुलाई खोज्न विभिन्न जिल्लाका प्रहरी कार्यालयमा परिपत्र गरिसकिएको छ ।

प्रहरी स्रोतका अनुसार शुक्रबार साँझसम्म पनि उक्त विमानका यात्रुहरु भेटिएको सूचना जिल्लाबाट आइसकेको छैन ।

संक्रमित सवार विमानका अन्य यात्रुहरुको पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले कार्यदल नै बनाएको छ । उक्त कार्यदलका एक सदस्यका अनुसार यात्रुहरुको राहदानी नम्बर परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा पठाएर कतिपय यात्रुको विस्तृत जानकारी लिने काम पनि भइरहेको छ । तर कतिपयले राहदानी लिने बेला भरेको टेलिफोन नम्बर बदलिसकेका कारण वा राहदानीमा उल्लेखित जिल्लाबाट बसाइँ सरेका कारण उनीहरुलाई भेट्न मुस्किल भइरहेको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?