कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणबाट फ्रान्समा एक जना डाक्टरको मृत्यु

एजेन्सी

पेरिस — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट फ्रान्समा एक जना डाक्टरको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट कोम्पियानी अस्पतालका ६७ वर्षीय डाक्टर जाँ ज्याक्स राजाफिन्द्रानाजीको आइतबार मृत्यु भएको फ्रान्सेली टेलिभिजन बीएफमले जनाएको छ । 

कोरोना संक्रमणबाट फ्रान्समा एक जना डाक्टरको मृत्यु

जाँ कोम्पियानी अस्पतालमा सन् २०१३ देखि इमर्जेन्सी डाक्टरका रुपमा कार्यरत रहेको कोम्पियानीका मेयर फिलिफ मारिनीले बताएका छन् । मेयर मारिनीले डाक्टर जाँलाई श्रदाञ्जली व्यक्त गर्दै फेसबुकमा लेखेका छन्, ‘एक महान डाक्टर, एक सम्मानित व्यक्ति जसलाई पूरा टिमले आदर गर्थ्यो ।’ मेयर फिलिपले डाक्टर जाँको समर्थनमा सोमबार दिउँसो सहरवासीलाीई एक मिनेट मौनधारण गर्न पनि आग्रह गरेका छन् । कोभिड-१९ को संक्रमणबाट मृत्यु हुने जाँ पहिलो फ्रान्सेली डाक्टर हुन् ।

आइतबार साँझसम्म फ्रान्समा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ५६२ पुगेको छ । त्यस्तै १४ हजार ४ सय ५९ जना संक्रमित हुँदा एक हजार ५ सय ८७ जना निको भएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ को संक्रमण अहिलेसम्म विश्वका १८० भन्दा बढी देशमा फैलिइसकेको छ। आइतबार साँझसम्म भाइरसको संक्रमणबाट १३ हजार ६ सय ७६ को मृत्यु भइसकेको छ भने ३ लाख १८ हजार भन्दा बढी संक्रमित भएका छन्। त्यस्तै संक्रमितमध्ये ९६ हजारभन्दा बढी निको भइसकेका छन्।

प्रकाशित : चैत्र ९, २०७६ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?