सरकारी छात्रवृत्तिमा पढेको जनशक्तिलाई परिचालन गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक र नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरिरहेका एमबीबीएस र एमडी/एमएसका विद्यार्थीलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्न अनुरोध गरेको छ ।

मन्त्रालयको आइतबार बसेको मन्त्रिस्तरीय बैठकले कारेभिड १८ को रोकथाम तथा नियन्त्रणका लागि ‘न्यूनतम सेवा प्रवाह नरोकिने गरी’नेपाल सरकारको छात्रवृत्तिमा योग्यता हासिल गरेको मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक, नेपाल सरकारको छात्रवृत्तिमा एमडी/एमएस र एमबीबीएस अध्ययन गरिरहेका जनशक्तिलाई परिचालन गर्न अनुरोध गरेको छ ।


मन्त्रालयले सात प्रदेश मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखी यस्तो आग्रह गरेको हो ।

प्रकाशित : चैत्र ९, २०७६ २१:२५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेपाल बैंकले कोभिड १९ रोकथामका लागि एक करोड दिने

रासस

काठमाडौँ — विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन एक करोड रुपैयाँ रकम प्रदान गर्ने भएको छ ।

मानवीय विपत्का घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपद्बाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी प्रदान गरिने भएको हो ।

बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित : चैत्र ९, २०७६ २१:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×