कोरोना प्रकोप : ७६ देशमा संक्रमण, अमेरिकामा मृतकको स‌ंख्या ६ पुग्यो

फाल्गुन २०, २०७६

एजेन्सी

वासिंगटन — कोरोना भाइरस(कोभिड–१९) बाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार सोमबार वासिंगटनमा थप ४ जनाको मृत्यु भएको हो ।

सियाटल र किंग काउन्टी जनस्वास्थ्य विभागका प्रमुख स्वास्थ्य अधिकृत डाक्टर जेफ डकिनले सोमबार पत्रकार सम्मेलन गर्दै संक्रमणको दर बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । वासिंगटन राज्यमा मात्रै ६ जनाको मृत्यु भएको हो भने १८ जनामा संक्रमण भेटिएको छ । शनिबार पहिलो पटक कोभिड–१९ बाट अमेरिकामा मृत्यु भएपछि वासिंगटनका गभर्नर जे इन्स्लीले राज्यमा संकटकालको घोषणा गरेका थिए । 

सोमबार बिहानसम्म अमेरिकाका विभिन्न १० राज्यमा कोभिड–१९ को संक्रमण देखिएको पुष्टि भएको छ । अमेरिकाका वासिंगटन, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको छ । अमेरिकामा कोभिड–१९ संक्रमण बढ्दै गएपछि अतिप्रभाविकत मुलुकको यात्रा तथा विदेशीहरुको आगमनमा प्रतिबन्ध लगाइएको छ । 

चीनमा घट्दै, अन्त बढ्दै

विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा चीनबाहिर ९ गुणाले संक्रमण बढेको जानकारी दिएको छ । साउदी अरेबिया, जोर्डन र् ट्युनिसियाले सोमबार पहिलो संक्रमणको पुष्टि गरेका छन् । 

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार भने पछिल्लो समय चीनमा संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएको छ । सोमबार थप १२५ जनामा मात्रै कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य आयोगले जानकारी दिएको छ । आइतबार २०२ जनामा संक्रमण देखिएको थियो । त्यस्तै सोमबार थप ३२ जनाको मृत्यु भएको स्वास्थ्य आयोगले जनाएको छ । 

मंगलबार बिहानसम्म चीनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४४ पुगेको छ । त्यस्तै ८० हजार एक सय ५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४७ हजार निको भएको र ६ हजार ८ सय ६ जना गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । 

इटाली र इरानमा पनि संक्रमण बढ्दै

चीनबाहिर कोभिड–१९ का कारण सबैभन्दा बढी इरानमा ६६ पुगेको छ । मंगलबार बिहानसम्म इरानमा संक्रमितको संख्या एक हजार ५ सय १ पुगेको छ । 

त्यस्तै युरोपेली मुलुकमा इटालीमा ५२ जनाको मृत्यु भएको छ भने दुई हजार ३६ जनामा संक्रमण देखिएको  छ । चीनबाहिर सबैभन्दा बढी संक्रमण भने दक्षिण कोरियामा देखिएको छ । मंगलबार बिहानसम्म दक्षिण कोरियामा ४ हजार ८ सय १२ जनामा संक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भएको छ । 

त्यस्तै जापानमा १३ जना(डायमन्ड प्रिन्सेस पानीजहाजमा ७) को मृत्यु भएको छ । पानीजहाजमा ७०५ समेत गरी जापानमा ९ सय ७९ जनामा संक्रमण देखिएको छ । 

त्यस्तै फ्रान्समा ३, हङकङमा २, थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सान मारिनो र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।

विश्वका विभिन्न ७६ देशमा गरी मंगलबार बिहानसम्म ९० हजार भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको छ भने ३ हजार एक सय १९ जनाको मृत्यु भएको छ । ४८ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । 

कहाँ कति मृत्यु, कति संक्रमित ?

देशमृत्यु हुनेको संख्यासंक्रमितको संख्या
चीन२९४४८०,१५१
दक्षिण कोरिया२८४,८१२
इरान६६१,५०१
इटाली५२२,०३६
जापान (पानीजहाजसमेत)१२९७९
अमेरिका१००
फ्रान्स१९१
जर्मनी
१६५
स्पेन
१२०
सिंगापुर
१०८
हङकङ१००
कुवेत
५६
बहराइन
४९
थाइल्यान्ड४३
ताइवान४१
बेलायत
४०
अस्ट्रेलिया३३
स्विजरल्यान्ड ३०
मलेसिया २९
क्यानडा २७
इराक २६
नर्वे २५
यूएई २१
अस्ट्रिया १८
नदेरल्यान्ड्स १८
भियतनाम १६
स्विडेन १५
लेबनान १३
इजरायल १२
मकाओ १०
आइसल्यान्ड 
सान मारिनाे 
बेल्जियम 
क्रोएसिया 
फिन्ल्यान्ड 
ग्रीस 
कतार  
इक्वेडर 
भारत 
मेक्सिको 
ओमान 
अल्जेरिया 
चेक गणतन्त्र 
डेनमार्क 
पाकिस्तान 
फिलिपिन्स
अजरबैजान 
जर्जिया 
राेमानिया 
रुस 
ब्राजिल 
इजिप्ट 
इन्डोनेसिया 
पोर्चुगल 
अफगानिस्ता 
एन्डोरा 
अर्मेनिया 
बेलारुस 
कम्बोडिया 
डोमिनिकन गणतन्त्र 
इस्टोनिया 
आयरल्यान्ड 
जोर्डन 
लाट्भिया 
लिथुवानिया 
लम्जेमबर्ग 
नर्थ म्यासेडोनिया 
मोनाकाे 
मोरक्को 
नेपाल 
न्युजिल्यान्ड 
नाइजेरिया 
साउदी अरेबिया 
सेनेगल 
श्रीलंका 
ट्युनिसिया

स्रोत : विश्‍व स्वास्थ्य संगठन, चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग र विभिन्‍न समाचार एजेन्सी

*यसअघि जापानमा मृत्यु हुनेकाे संख्या अन्यथा हुन गएकाेमा सच्याइएकाे छ । -सम्पादक

कोरोना भाइरस

एजेन्सी

Link copied successfully