जापानी क्रुजका ६१ जनामा देखियो कोरोना भाइरसको संक्रमण

एजेन्सी

टोकियो — टोकियो नजिकै रहेको योकोहामा खाडीमा रहेको क्रुजमा हाल ६१ जनामा कोरोनामा भाइरस देखिएको छ । दुई दिनअघि मात्र संक्रमितको अवस्था आधाभन्दा कम थियो ।

जापानी क्रुजका ६१ जनामा देखियो कोरोना भाइरसको संक्रमण

जापानको स्वास्थ्य मन्त्रालयले डायमण्ड प्रिन्सेस नाम गरेको क्रुजमा कोरोना भाइरसको संक्रमणको पुष्टि गरेको छ ।


अर्जेटिना, अस्ट्रेलिया, क्यानाडा, हङकङ, जापान, अमेरिका गरी १० वटा देशका नागरिकहरुमा संक्रमण देखिएको छ जसमा जापानका २८ जना संक्रमित छन् ।


प्रिन्सेस क्रुजले जापानको स्वास्थ्य मन्त्रालयलाई यो नै टेस्ट गर्न बाँकी रहेका अन्तिम ब्याच रहेको जानकारी दिएको छ ।
यात्रु र चालकदलका सदस्यसहित क्रुजमा ३ हजार ७ सय व्यक्ति रहेको बताइएको छ। क्रुजमा रहेका सबै व्यक्तिको स्वास्थ्य परीक्षणको रिपोर्ट नआउन्जेल उनीहरुलाई क्याबिनभित्रै बस्‍न भनिएको छ ।


जापानी न्युज एजेन्सी क्योदोका अनुसार जापान सरकारले जहाजमा रहेका ५६ देशका यात्रुलाई कम्तीमा पनि दुई हप्ता क्रुजमै राख्नेछ। क्रुजमा थप खानेकुरा र अन्य सामग्री पठाउन लागिएको जापानी अधिकारीले जानकारी दिएका छन्।

कोरोना संक्रमण फैलिएको क्रुजका यात्रु भन्छन् - ‘क्याप्टेन, एउटा केरा र ह्‍विस्की पाइन्छ ?’


जापानी अधिकारीहरुका अनुसार गत महिना कोरोना भाइरस पोजिटिभ देखिएका हङकङका एक यात्रु क्रुजमा भएका कारण संक्रमण फैलिएको आशंका गरिएको छ। मध्य जनवरीमा हङकङबाट टोकियो आइपुगेका ती व्यक्ति जनवरी २० योकोहामाबाट क्रुजमा चढेको र जनवरी २५ हङकङ उत्रिएको बताइएको छ। जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार १० जनाबाहेक कसैमा पनि ज्वरो र अन्य लक्षणहरु देखिएको छैन। कोरोना भाइरस पोजिटिभ देखिएकालाई कानागावामा रहेको अस्पताल लगिएको छ।


काेराेना प्रकाेप

'उक्त जहाजलाई फेबु्रअरी १९ सम्म क्वारेन्टाइन गरिनेछ । क्वारेन्टाइनमा राखिएकाहरुलाई इन्टरनेट र फोनको सुविधा दिइएको छ ताकि उनीहरुले आफ्नो आफन्तसँगको सम्पर्कमा बस्न सकुन्', प्रिन्सेस क्रुजको व्यवस्थापनले आज विज्ञप्ती जारी गर्दे भनेको छ । 'हामीसँग लाइभ टिभी च्यानल रहेको भने विभिन्न भाषाका चलचित्रहरु पनि रहेका छन् । क्रुजका स्टाफहरुले अतिथिहरुलाई यसमा सहयोग पुर्याइरहेका छन्' विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : माघ २४, २०७६ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?