कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कोरोना संक्रमण फैलिएको क्रुजका यात्रु भन्छन् - ‘क्याप्टेन, एउटा केरा र ह्‍विस्की पाइन्छ ?’

एजेन्सी

टोकियो — ‘क्याप्टेन, प्रतिदिन एउटा केरा त्यो पनि ह्विस्कीले धोएर ।’ जापानी क्रुज डायमन्ड प्रिन्सेसमा रहेका बेलायती यात्रुको फेसबुक पोस्टले उनलाई अनलाइन स्टार बनाएको छ । 

कोरोना संक्रमण फैलिएको क्रुजका यात्रु भन्छन् - ‘क्याप्टेन, एउटा केरा र ह्‍विस्की पाइन्छ ?’

क्रुजमा रहेका बेलायती नागरिक डेभिड अबेलले फेसबुकमार्फत विभिन्न जानकारी अपडेट गराइरहेका छन् । ‘मलाई लाग्छ रुम सर्भिसले पनि यो सन्देश पाइरहनु भएको होला । त्यसैले म रुम सर्भिसलाई एउटा ताजा केरा ल्याइदिन आग्रह गर्छु, प्रत्येक दिन है । केवल एउटा केरा, मलाई त्यति भए पुग्छ,’ हालैको फेसबुक पोस्टमा उनले भनेका छन् । उनी अगाडि भन्छन्, ‘यदि क्याप्टेनले यो सन्देश सुनिरहनु भएको छ भने तपाईँ केराको झमेलामा अल्झिनु पर्दैन । यो समस्या रुम सर्भिसले सल्टाइहाल्छ भन्नेमा म विश्वस्त छु । तर एक गिलास ह्‍विस्कीमा धोएर ल्याएचाहिँ गज्जबै हुन्थ्यो ।’

उनी हाँस्दै भन्छन्, ‘मैले १० वर्ष पुरानो ह्‍विस्की (सिंगल माल्ट) पिउने गर्छु । त्यो पनि बिनापानी, बिनाआइस । यदि मलाई त्यति व्यवस्था गरिदिए निकै आभारी हुने थिएँ ।’

विश्वभरका मिडियाबाट भित्री सूचनाका लागि उनलाई आग्रह आइरहेको बताएको छन् । ‘म घमण्ड गरिरहेको छैन । तर अवस्था त्यस्तै छ,’ उनी भन्छन् । उनका फेसबुक पोस्टबाट पनि थाहा हुन्छ कि उनले पलपलको अपडेट जानकारी गराइरहेका छन् । उनले क्रुजमा रहेका व्यक्तिसँग सम्पर्कका लागि फेसबुक प्राइभेट च्याटग्रुप पनि बनाएका छन् ।

उनीहरुलाई क्रुजमा संक्रमित भएका २० जनाको स्वास्थ्य अवस्थाका बारेमा क्याप्टेन र क्रु मेम्बरबाट कुनै जानकारी नपाएको अबेल बताउँछन् । सुरुमा १४ दिन भनिए पनि क्वारेन्टाइन अवधि बढाइने हो कि भन्नेमा भने उनीहरु सशंकित छन् । उनी हाँस्दै भन्छन्, ‘आशा छ, हामी क्रिसमसअघि नै घर फर्किसक्छौं ।’

उनले खानाको अवस्था केही नराम्रो भएको बताएका छन् । उनी क्रुजभित्र रहेका अरु यात्रुलाई सुझाव दिँदै भन्छन्, ‘प्राकृतिक प्रकाश छैन, ताजा हावा छैन । तर पनि हामीसँग बाल्कानी छ । अलिकति बढी पैसा तिर्नु र बाल्कोनीमा निस्कनु ।’ ताजा हावाबिना केही यात्रुलाई कफमा समस्या देखिएको र कोरोना भाइरसको लक्षण पनि उस्तै भएकाले केही आत्तिएको पनि उनले बताएका छन् ।


२० जना यात्रुमा कोरोना भाइरसको संक्रमण देखिएपछि झन्डै ३ हजार ७ सय रहेको क्रुजलाई १४ दिन क्वारेन्टाइन बनाइने भएको हो ।

जापानको योकोहामामा रहेको डायमन्ड प्रिन्सेस क्रुजमा सुरुमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । पछि थप १० जनामा पनि कोरोना भाइरस पोजिटिभ देखिएको हो । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जापानी सञ्चार माध्यमले जनाएका छन् । योसँगै जापानमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट बिहीबार बिहानसम्म ५६५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रकाशित : माघ २३, २०७६ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?