कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जन्मिएको ३० घण्टामै कोरोना भाइरस संक्रमण

एजेन्सी

वुहान — चीनको वुहानमा दुई जना नवजात शिशुलाई कोरोना भाइरसको संक्रमण भएको छ । चिनियाँ सञ्‍चारमाध्यमका अनुसार जन्मिएको ३० घण्टामा एक नवजात शिशुलाई कोरोना संक्रमण भएको हो ।

जन्मिएको ३० घण्टामै कोरोना भाइरस संक्रमण

शिशुका आमालाई पनि संक्रमण भएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । अर्को शिुशु पनि भर्खरै जन्मिएको बताइए पनि उनी कति दिनका थिए भन्नेबारे जानकारी दिइएको छैन ।कोरोना भाइरसको संक्रमण विशेषगरी पाका उमेरका व्यक्तिलाई भइरहेको तथ्यांक आइरहँदा नवजात शिशुमा पनि संक्रमण देखिएको हो । यसअघि ३६ वर्षका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देेखिएको थियो ।

ती शिशुलाई कोरोनाको संक्रमण कसरी भयो भन्नेबारे आधिकारिक जानकारी आएको छैन । जन्मिएको केही दिनपछि शिशुमा कोरोना भाइरसको संक्रमण देखिएकाले आमाकै पाठेघरबाट संक्रमण भयो वा बाहिरै आमाको कफ, स्तनपानलगायतका क्रियाकलापबाट संक्रमण भयो भन्न नसकिने बेलायतको युनिभर्सिटी अफ इस्ट एंगिलाकी मेडिकल प्रोफेसर पल हन्टर बताउँछन् । विस्तृत अध्ययनपछि मात्रै यसबारेमा भन्‍न सकिने प्रोफेसर हन्‍टर बताउँछन् ।

वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका दुई दर्जनभन्दा बढी मुलुकमा पुगिसकेको छ । बिहीबार बिहानसम्म कोरोनाका कारण ५६५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित : माघ २३, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?