वुहानबाट उद्धार गरिनेलाई भक्तपुरमा नराख्न कांग्रेस क्षेत्रीय कार्यसमितिको चेतावनी

माघ २२, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको भक्तपुर इकाईले भक्तपुरको कुनै पनि स्थानमा चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई राख्न नदिने चेतावनी दिएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर-१, भक्तपुर क्षेत्रीय कार्यसमितिले बैठक नै राखेर नोवल कोरोना भाइरसको केन्द्रबाट उद्धार गरी ल्याइएका नेपालीलाई बोडेस्थित कृषि तालिम केन्द्र वा खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न चेतावनी दिएको छ । 'आवश्यक तयारी नगरी र सो भाइरस सरुवा भएकोले यसको रोकथामको राम्रो प्रबन्ध नगरी नराख्न सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छौं,' बैठकको निर्णयमा उल्लेख छ ।


सो बैठकमा वाग्मती प्रदेशसभाका नेपाली कांग्रेसका उपनेता कृष्णलाल भडेलको समेत उपस्थिति रहेको थियो । उक्त बैठक पछि स्थानीयहरुले केही बेर  खरिपाटी-चाँगुनारायण नगरपालिकामा कालो झण्डासहित विरोध प्रदर्शन समेत गरेका थिए ।


कोरोना भाइरस

कान्तिपुर

Link copied successfully