कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोरोना भाइरस प्रकोप : मृतकको संख्या ५६५ पुग्यो, २८ हजार बढी संक्रमित

एजेन्सी

बेइजिङ — कोरोना भाइरसका कारण बुधबार मात्रै चीनमा थप ७३ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । त्यस्तै फिलिपिन्स र हङकङमा एक–एक जना गरी जम्मा ५६५ को मृत्यु भएको छ । 

कोरोना भाइरस प्रकोप : मृतकको संख्या ५६५ पुग्यो, २८ हजार बढी संक्रमित

बुधबार मात्रै थप ३ हजार ६ सय ९४ मा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २८ हजार १८ पुगेको छ । मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्या घटे पनि मृतकको संख्या भने बढेको छ । मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो ।

त्यस्तै मंगलबार करिब ३ हजार ९ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । चीन र विश्वका विभिन्न दुई दर्जन मुलुकमा गरी संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ ।


डब्लूएचओद्वारा चीनको प्रशंसा

चीनमा हालै फैलिइरहेको नोवल कोरोना भाइरसको संक्रमण लाई विश्वव्यापी संकट बन्न नदिन चीनले चालेका कदमको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रशंसा गरेको छ ।


डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानम घेब्रेयसुसले चिनियाँ कदम ‘उपयुक्त’ भएको उल्लेख गर्दै त्यसका कारण अन्य विश्व संकटबाट बचिरहेको जनाए । चीनले भाइरसको प्रकोप सुरुमै रोक्न नसकेको भन्दै आलोचना भइरहेका बेला डब्लूएचओले प्रशंसा गरेको हो ।


जेनेभामा बोल्दै घेब्रेयसुसले चीनले प्रकोप थप फैलिन नदिन तथा नियन्त्रण गर्न प्रयास गरिरहेकाले त्यसलाई अवसरका रूपमा हेर्नुपर्ने बताए । चीनको राजनीतिक नेतृत्वले कोरोना भाइरसको प्रकोपसँग जुध्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ पाइएको स्वीकारेको भोलिपल्ट घेब्रेयसुसको यस्तो भनाइ आएको हो ।


डब्ल्यूएचओले कोरोनाको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल भने पनि यो महामारीको अवस्थामा पुगिसकेको छैन । चीन सरकारले सुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आँकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोपसमेत झेलेको थियो ।

प्रकाशित : माघ २३, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?