कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरस प्रकोप : मृतकको संख्या १०० नाघ्यो, ४ हजार बढी संक्रमित

एजेन्सी

बेइजिङ — कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १०० नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १०६ जना मृत्यु भएको छ । 

कोरोना भाइरस प्रकोप : मृतकको संख्या १०० नाघ्यो, ४ हजार बढी संक्रमित

त्यस्तै मंगलबार बिहानसम्म चीनमा मात्रै चार हजार ५ सय १५ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । चीनमा कोरोना भाइरसको संक्रमणमा एकैदिन ६५ प्रतिशतले वृद्धि भएको छ । सोमबार बिहानसम्म दुई हजार ७ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।


यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ । एक विज्ञप्ति जारी गर्दै आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र र्‍यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो ।


चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा पनि फैलिएको छ । चीन बाहेकका विभिन्न देशमा ६० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ । चीनबाहिर भने अहिलेसम्म कोराेना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

कहाँ कति संक्रमित?

चीन - १०६ मृत्यु, ४५१५ संक्रमित

थाइल्यान्ड - ८ जना संक्रमित

हङकङ - ८ जना संक्रमित

मकाओ - ५ जना संक्रमित

अस्ट्रेलिया, अमेरिका, ताइवान, सिंगापुर - ५/५ जना संक्रमित

जापान, मलेसिया, दक्षिण कोरिया - ४/४ जना संक्रमित

फ्रान्स - ३ जना संक्रमित

भियतनाम - २ जना संक्रमित

नेपाल, क्यानडा, कम्बोडिया, श्रीलंका, जर्मनी - १/१ जना संक्रमित

कोरोना भाइरसबाट कसरी जोगिने ?

प्रकाशित : माघ १४, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?