नेकपाका ६१ सांसदले भने- 'हाम्रो टाउका गनेर पार्टी फुटाउने सपना नपाले हुन्छ'

श्रावण २६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाका सांसदहरूले आफ्ना टाउका गणना गरेर पार्टी विभाजनको सपना नदेख्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । ६१ सांसदले पार्टी विभाजन उन्मुख गतिविधिविरुद्ध हस्ताक्षर गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र पार्टी एकताका क्रममा गरिएका सहमति कार्यान्वयन गर्दै आगामी एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न तथा एकताबद्ध बनाएर अगाडि बढ्न सांसदहरूले प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिनेकपा विवाद

कान्तिपुर

Link copied successfully