प्रधानमन्त्रीको अभिव्यक्ति

प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको ‘स्पष्टीकरण’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान् श्रीरामको जन्मभूमि अयोध्या नेपालकै भए पनि भारतले विवादित अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको’ भनेकामा चौतर्फी आलोचना उब्जिएपछि परराष्ट्र मन्त्रालयले यो भनाइ ‘राजनीतिक विषयसँग सम्बन्धित नभएको’ भन्दै स्पष्टीकरणसहित विज्ञप्ति निकालेको छ ।

ओलीको बेलगाम बोली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०७५ वैशाख २८ गते नेपाल भ्रमणका लागि पटनाबाट सिधै जनकपुर उत्रिए । यता काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर पुगेर मोदीको भव्य स्वागत गरे । नागरिक अभिनन्दन भयो, सम्बोधनका क्रममा मोदीले ‘नेपालबिना हाम्रा धाम अधुरा छन्, हाम्रा राम अधुरा छन्’ भने ।

कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट देश सुरक्षित छैन : थापा

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र रामबारे दिएको अभिव्यक्तिको व्यापक रुपमा आलोचना भइरहेको छ । सोमबार भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक अतिक्रमणमा परेको उल्लेख गर्दै भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्जदेखि पश्चिममा पर्ने बताएका थिए ।

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको सुझाव: 'अयोध्या' होइन, कोरोना र कालापानीमा ध्यान दिउँ

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'अयोध्या' तिर ध्यान नमोडी कोरोना र कालापानीमा ध्यान दिन सुझाव दिएका छन् । शर्माले ट्विट गर्दै भनेका छन्- 'प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य- कोरोना र कालापानी !' उनले संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कुटनैतिक पहल थाल्न पनि सरकारलाई सुझाव दिएका छन् । 

प्रधानमन्त्री ओलीले राम जन्मभूमिबारे दिएको अभिव्यक्तिको नेकपा नेताहरुबाट आलोचना

नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मको विषयमा सोमबार दिएको अभिव्यक्ति सच्चाउन र जनतासमक्ष आत्मालोचना गर्न सुझाव दिएका छन् ।

भारतले विवादित अयोध्या खडा गर्‍यो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको र तथ्यहरुमा अतिक्रमण भएको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्‍जदेखि पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताएका छन् ।