भण्डारी एक महिना अगाडिमात्रै रास्वपा आवद्ध भएका हुन् ।
बैतडी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीमा हरिमोहन भण्डारीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ।
भण्डारी यसअघि २०७४ र २०७९ मा प्रदेससभा सदस्यमा पराजित भएका थिए।
रास्वपा बैतडीले एकल उम्मेदवार सिफरिस गरेका भण्डारीलाई टिकट दिएको रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जाशीले जानकारी दिए ।
बैतडी १ (१) मा २०७४ मा कांग्रेसबाट प्रदेशसभा सदस्य उठेका उनी पराजित भएका थिए। २०७९ मा पार्टीबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए।
एक महिना अगाडिमात्रै भण्डारी रास्वपामा आवद्ध भएका हुन् ।
