उम्मेदवारी दर्ताका लागि चार्टर फ्लाईटबाट रुकुम पुगे दाहाल

साेमबार दिउँसो तारा एयरको चार्टर फ्लाईटमार्फत दाहाल रुकुम पश्चिमको सल्ले विमानस्थल ओर्लिएका हुन्।

माघ ५, २०८२

महेश केसी

Dahal reaches Rukum by charter flight to register candidacy

रुकुम पश्चिम — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल उम्मेदवारी दर्ताका लागि अघिल्लो दिन सोमबार जहाज चढेर रुकुम पुगेका छन् ।

साेमबार दिउँसो तारा एयरको चार्टर फ्लाईट मार्फत उनी रुकुम पश्चिमको सल्ले विमानस्थल ओर्लिएका हुन् ।

प्रतिनिधिसभामा यसपटक दाहालले रुकुम पूर्वबाट उम्मेदवार बन्ने भएका छन् । फागुन २१ को निर्वाचनका लागि मंगलबार हुन लागेको उम्मेदवारी दर्ताका लागि दाहाल आजै निर्वाचन क्षेत्र पुग्दैछन् ।

सल्ले विमानस्थलमा दाहाललाई नेकपाका नेता–कार्यकर्ताले स्वागत गरेका थिए। रुकुम पश्चिमको मुसिकोट–५ सेरिगाउास्थित पार्टी कार्यालमा पुगेर यहाँका नेकपा उम्मेदवार गोपाल शर्मालाई टिकट हस्तान्तरण गरेर उनी स्थलमार्ग हुँदै सोमबार नै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट पुगेर भोलि उम्मेदवारी दर्तामा सहभागी हुने कार्यतालिका रहेको नेकपा रुकुम पूर्वका नेता जीवन केसीले जानकारी दिए । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully