०७९ लौरो अभियानमार्फत पोखरा महानगर प्रमुखको स्वतन्त्र उम्मेदवार बनेका पौडेल काठमाडाैं महानगरका पूर्वमेयर बालेन्द्र शाहसँगै रास्वपा प्रवेश गरेका थिए ।
पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेखक गनेस पौडेललाई कास्की–१ को उम्मेदवार बनाउने भएको छ।
यसअघि ०७९ लौरो अभियानमार्फत पोखरा महानगर प्रमुखको स्वतन्त्र उम्मेदवार बनेका पौडेल काठमाडाैं महानगरका पूर्वमेयर बालेन्द्र शाहसँगै रास्वपा प्रवेश गरेका थिए ।
रास्वपाका केन्द्रीय सदस्य पौडेलले टिकट पाएपछि कास्की–१ बाट उम्मेदवारका रुपमा चयन हुनु आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभइ विश्वास र जिम्मेवारीको गह्रुँगो बोझ भएको बताएका छन्।
पछिल्लो समय उनी बालेन्द्र निकट रहेर सहयोग गर्दै आएका थिए । ‘पैताला’ उपन्यास लेखक पौडेलको अनुवादमा ‘मुसा मानुस’ प्रकाशित छ । पोखरा–१४ का उनले लौरो चुनाव चिह्न लिएर महानगर प्रमुखको चुनाव लड्दा ३ हजार ३० मत ल्याएका थिए ।
कास्की–१ मा यसअघि एमालेका मनबहादुर गुरुङले चुनाव जितेका थिए । आगामी निर्वाचनमा एमालेले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाएको छ । नेकपाबाट केन्द्रीय सदस्य राजकाजी गुरुङ चुनाव लड्दैछन् ।
कास्की २ मा रास्वपाले उत्तमप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ भने कास्की ३ मा टुंगिन बाँकी छ ।
