रास्वपा पश्चिम नवलपरासीका सभापति महेन्द्र सेन ठकुरीले क्षेत्र नम्बर १ मा विक्रम खनाललाई टिकट दिएको बताए।
परासी — कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा रास्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका छन्।
२०७९ को निर्वाचनमा कांग्रेसबाट विनोद चौधरीले टिकट पाएपछि असन्तुष्ट बनेका खनाललाई पार्टीले कारबाही गरेको थियो। चुनाव नजिकिएपछि खनालको कारबाही फुकुवा भएको थियो ।
यसपटक कांग्रेसबाट क्षेत्र नम्बर १ मा चुनाव लड्ने इच्छा राखेका खनाल विशेष महाधिवेशनमा सहयोग नगरेपछि टिकट पाउने सम्भावना कम भएपछि उनी रास्वपामा गएका हुन्।
रास्वपा पश्चिम नवलपरासीका सभापति महेन्द्र सेन ठकुरीले क्षेत्र नम्बर १ मा विक्रम खनाललाई टिकट दिएको बताए।