नेकपा पाल्पाबाट पूर्वमन्त्री पाण्डेय र सुनारी उम्मेदवार बन्ने

पार्टी नेतृत्वको छलफलपछि सुनारी र पाण्डेयलाई टिकट दिएको नेकपा पाल्पाका नेता मथुरा ढकालले बताए।

माघ ५, २०८२

माधव अर्याल

Former ministers Pandey and Sunari to be candidates from NCP Palpa

पाल्पा — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा क्षेत्र नं. १ बाट हुमबहादुर सुनारी मगर र क्षेत्र २ बाट पूर्वमन्त्री सोमप्रसाद पाण्डेयलाई उम्मेद्वार बनाएको छ ।

पार्टी नेतृत्वको छलफलपछि सुनारी र पाण्डेयलाई टिकट प्रदान गरेको नेकपा पाल्पाका नेता मथुरा ढकालले बताए। सुनारी रम्भा गाउँपालिका–२ फोक्सिङ्कोटका हुन् । उनी यसअघि माओवादी केन्द्र पृष्ठभूमिका हुन् ।

क्षेत्र २ मा उम्मेदवार बनेका पूर्वमन्त्री पाण्डेय लामो समयदेखि राजनीतिमा सक्रिय नेता हुन्। उनी २०५१ सालदेखि संसदीय निर्वाचनमा प्रवेश गरेका हुन् । उनी २०५६, २०७० र २०७४ मा पनि निर्वाचित भएका थिए ।

२०६४ को निर्वाचनमा माओवादी उम्मेदवार लीला सोमैसँग पराजित भएका थिए । २०७९ को निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार बनेका उनी कांग्रेस–माओवादी गठबन्धन हुँदा समेत पराजित भएका थिए। पाण्डेय पूर्वउद्योगमन्त्री समेत हुन्। 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully