दार्चुलाको दुहुँ-५ मा ६८ प्रतिशतभन्दा बढी मतदान

मंसिर १६, २०८१

मनोज बडू

More than 68 percent voting in Duhun-5 of Darchula

दार्चुला — दुहुँ गाउँपालिका–५ मा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा ६८ प्रतिशतभन्दा बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६८.९४ प्रतिशत मत खसेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुहुँ गाउपालिका-५ स्थित दुर्गा आधारभूत विद्यालय गरमोराको क र ख मतदान केन्द्रमा ४०१ पुरूष र ४७६ महिला गरी कुल ८७७ जनाले मतदान गरेको मतदान गरेको हो । 

दुहुँ–५ मा एक हजार दुई सय ७२ मतदाता छन् । वडाअध्यक्षको लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर चुनावी मैदानमा छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा मृत्यु हुँदा यहाँ अहिले उपनिर्वाचन भएको हो ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully