महोत्तरीमा ७० प्रतिशत मत खस्यो

मंसिर १६, २०८१

सुनिता बराल

70 percent votes fell in Mahottari

महोत्तरी — महोत्तरीको रामगोपालपुरमा ७० प्रतिशत मत खसेको छ । रामगोपालपुर २ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा कुल मतदाता २ हजार १ सय ४० मतदातामध्ये १ हजार ५ सय १४ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए । 

खसेको मतमा ७ सय ८४ महिला र  ७ सय ३० पुरुषले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मतपेटिका सिल गरी मतगतगणना स्थल पुर्‍याइएको र आजै सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत कोइरालाले बताए ।

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully