राजविराज — सप्तरीको डाकेश्वरी नगरपालिका वडा नं १ र ४ मा आइतबार भएको वडाध्यक्षको उपनिर्वाचनमा ७१.८१ प्रतिशत मतदान भएको छ ।
कुल २ हजार ६ सय २३ मतदाता रहेको वडा नं १ मा १ हजार ८ सय ४५ मत खसेको छ । यो वडामा ८ जना उम्मेदवार वडाध्यक्षको प्रतिस्पर्धामा छन् ।
यस्तै वडा नम्बर ४ मा कुल मतदाता १ हजार ३ सय १९ मध्ये ९ सय ८६ मत खसेको छ । यो वडामा पनि वडाध्यक्ष पदका लागि ८ जना नै प्रतिस्पर्धामा छन् ।
