कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

वैशाख १७, २०७८

चित्रांग थापा

धनगढी — धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार बिहीबार साँझ धनगढी उपमहानगरपालिका –८ का ४५ वर्षीय पुरुष र शुक्रबार बिहान लम्की चुहा नगरपालिकाका ४३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

धनगढी –८ का संक्रमित वैशाख १५ गते अस्पतालमा भर्ना भएका थिए भने लम्की चुहाका संक्रमित वैशाख ७ गतेदेखि उपचाररत थिए ।

हाल सेती प्रादेशिक अस्पतालमा ५७ जना संक्रमितहरुको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

कोरोना भाइरस

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully