झुलाघाट नाका ५ दिनका लागि खोलिने

मंसिर ६, २०७७

तृप्ति शाही

बैतडी — भारतसँग सीमा जोडिएको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । मंसिर ८ गते देखि १२ गतेसम्म नाका खोलिने भएको हो ।

भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस भनेर ५ दिनका लागि नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।

नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय बैतडी र डीएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने उनले बताए ।

बैतडीमा १२ सय बढी पेन्सनधारी छन् । उनीहरुले गत चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् ।  नाका खुलेपछि अत्यावश्यक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना भाइरस

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully