प्लेयर्स टु वाच : एन्थोनी गोर्डन (इंग्ल्यान्ड)

उनले यस सिजनको अन्त्य प्रिमियर लिगको टोली न्युकासलबाट गरे भने विश्वकपको ठीक अगाडि बार्सिलोनाले उनलाई ८ करोड युरो अनुबन्धन रकम तिर्न तयार भएको थियो ।

असार ३१, २०८३

कान्तिपुर संवाददाता

Players to watch: Anthony Gordon (England)

काठमाडौँ — इंग्ल्यान्डका अग्रपंक्तिका खेलाडी एन्थोनी गोर्डनका दुई पाटा छन् । उनले यस सिजनको अन्त्य प्रिमियर लिगको टोली न्युकासलबाट गरे भने विश्वकपको ठीक अगाडि बार्सिलोनाले उनलाई ८ करोड युरो अनुबन्धन रकम तिर्न तयार भएको थियो ।

उनी मिडफिल्ड र विंग्स दुवै पोजिसनमा खेल्न सक्छन् । उनले यस विश्वकपमा आफ्नो योग्यता प्रमाणित गरिसकेका छन् । कंगोविरुद्ध अन्तिम १६ को खेलमा इंग्ल्यान्ड एक गोलले पछाडि पर्दा गोर्डनले गरेको दुई असिस्टमा ह्यारी केनले गोल गरेका थिए । 

गोर्डनले २०२४ को मार्चमा ब्राजिलविरुद्ध वेम्बलीमा इंग्ल्यान्डबाट ‘डेब्यु’ गरेका थिए । नोभेम्बरमा उनले गणतन्त्र आयरल्यान्डविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका थिए । ६ फिट अग्ला २५ वर्षे गोर्डन आइरिस मूलका हुन् ।

लिभरपुलमा जन्मिएका उनले प्रिमियर लिग टोली एभरटनबाट २०१७ मा ‘डेब्यु’ गर्दै अर्को ६ वर्ष खेलेका थिए । केन र जुड बेलिङ्घमले गोलको राम्रो लय मिलाइरहेको समयमा गोर्डन उनीहरूको सूत्रधार बन्दै आएका छन् । गोर्डनले इंग्ल्यान्डविरुद्ध २४ खेल खेल्दै ३ गोल गरेका छन् ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully