प्लेयर्स टु वाच : एलेक्सिस म्याकएलिस्टर (अर्जेन्टिना)

उनले अर्जेन्टिनाबाट ५२ खेल खेल्दै ७ गोल गरिसकेका छन् । मिडफिल्डको जुन पोजिसनमा खेल्न २७ वर्षे म्याकएलिस्टरले यस विश्वकपमा पनि अर्जेन्टिनाबाट सबै ६ खेल खेलेका छन् ।

असार ३१, २०८३

कान्तिपुर संवाददाता

Players to Watch: Alexis McAllister (Argentina)

काठमाडौँ — २०२२ को विश्वकप सुरु हुनु एक महिनाअघिसम्म एलेक्सिस म्याकएलिस्टर नाम विरलै सुनिएको थियो, जबकि उनले २०१९ मै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरिसकेका थिए । तर ब्राइटनबाट प्रिमियर लिगमा नियमित खेलिरहेका कारण म्याकएलिस्टरलाई समेट्दै अर्जेन्टिनाले २०२२ को विश्वकप खेल्ने टोली घोषणा गरेको थियो ।

उनी त्यतिमै सीमित रहेनन् । उनी त्यतिमै सीमित रहेनन्, उनले प्रतियोगितामा ६ खेल खेले । समूह चरणमा पोल्यान्डविरुद्ध गोल गरेका उनले फाइनलमा फ्रान्सविरुद्ध एन्जल डी मारियालाई पास उपलब्ध गराउँदै अर्जेन्टिनालाई १९८६ पछि पहिलो पटक च्याम्पियन बनाउन महत्त्वपूर्ण मूमिका खेले । 

उनले अर्जेन्टिनाबाट ५२ खेल खेल्दै ७ गोल गरिसकेका छन् । मिडफिल्डको जुन पोजिसनमा खेल्न २७ वर्षे म्याकएलिस्टरले यस विश्वकपमा पनि अर्जेन्टिनाबाट सबै ६ खेल खेलेका छन् । मिनेटको हिसाबमा उनी र गोलरक्षक इमिलियानो मार्टिनेजले सबैभन्दा बढी ५ सय ३९ मिनेट खेलेका छन् ।

उनको प्रदर्शन निकै उच्च छ । २०२३ यता लिभरपुलबाट खेल्दै आएका उनले स्विट्जरल्यान्डविरुद्ध हेडमा गोल पनि गरेका थिए । म्याक एलिस्टरको बायोमा विश्वकप, कोपा अमेरिका र प्रिमियर लिगको उपाधि छ, त्यो भन्दा पनि महत्त्वपूर्ण उनले विश्वकपमा खेलेका सबै १२ खेलमा अर्जेन्टिनाले विजय हात पारेको छ । 

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully