ओमार मारमोस फरवार्ड र विंगर दुवै भूमिकामा खेल्न सक्छन् । उनले यस विश्वकपमा इजिप्टबाट पहिलो दुई खेलमा खेलेका थिए, तर गोल गर्न सकेनन् ।
काठमाडौँ — ओमार मारमोस फरवार्ड र विंगर दुवै भूमिकामा खेल्न सक्छन् । उनले यस विश्वकपमा इजिप्टबाट पहिलो दुई खेलमा खेलेका थिए, तर गोल गर्न सकेनन् ।
समूह चरणको तेस्रो खेलमा उनलाई विश्राम दिइएको थियो । अस्ट्रेलियाविरुद्ध अन्तिम ३२ को प्रतिस्पर्धामा उनी पुनः प्लेयिङ ११ मा फर्किने विश्वास लिइएको छ ।
सन् २०२१ मा ‘डेब्यु’ गरेयता मारमोसले इजिप्टबाट ५२ खेलमा ११ गोल गरेका छन् । क्यानडियन पासपोर्ट पनि रहेका कारण उनले त्यहाँबाट पनि खेल्न सक्थे, तर कायरोमा जन्मिएका उनले इजिप्ट नै रोजे ।
इजिप्टको टोली वाडी डेग्ला स्पोर्टिङबाट उनले २०१६–१७ मा उनले क्लब फुटबल सुरु गरेका थिए । त्यसपछि जर्मनीको उल्फसबर्ग, फ्र्यांकफर्ट हुँदै झन्डै ६ करोड पाउन्डमा २७ वर्षे उनी २०२५ को जनवरीमा उनी इंग्लिस प्रिमियर लिगको टोली म्यानचेस्टर सिटी पुगेका थिए । सिटीबाट उनले ३७ खेलमा १० गोल गरिसकेका छन् ।
