मियामी घर फर्कंदै मेसी

अन्तिम ३२ को चरणमा प्रतियोगिताको आश्चर्यजनक टिम रहेको केप भार्डेको सामना गर्न ३९ वर्षीय मेसी फ्लोरिडाको मियामी फर्कंदै छन् ।

असार १९, २०८३

एएफपी

Messi returns home to Miami

What you should know

मियामी —  

धेरै कमैले मात्र कल्पना गरेको हुनुपर्छ, मियामीलाई आफ्नो नयाँ गन्तव्य बताएयता लियोनल मेसी विश्वकप उपाधि रक्षाका लागि अर्जेन्टिनाको नेतृत्व गरिरहेका हुनेछन्, अझ त्यो पनि छैटौं विश्वकप खेल्दै । 

अन्तिम ३२ को चरणमा प्रतियोगिताको आश्चर्यजनक टिम रहेको केप भार्डेको सामना गर्न ३९ वर्षीय मेसी फ्लोरिडाको मियामी फर्कंदै छन् । यो त्यही ठाउँ हो, जसलाई उनी आफ्नो नयाँ घर मान्छन् ।

समूह चरणमा मेसीले ६ गोल गरिसके । यसक्रममा उनी विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले १९ गोल गरिसकेका छन् । त्यति मात्र होइन, उनले विश्वकपका पछिल्ला ७ खेलमा लगातार गोल गरिरहेका छन् । कतारमा विश्वकप जित्ने सपना पूरा भएपछि जतिबेला उनले मेजर लिग सकरलाई आफ्नो नयाँ यात्रा बनाए । धेरैलाई लागेको थियो, मेसी एक प्रकारले संन्यासतर्फ अग्रसर छन् ।

तर, मेसीले त्यस्ता सबै अनुमान गलत साबित गरेका छन्, त्यो पनि दुवै अर्थमा । पहिलो अर्थ के तथ्यमा भन्दा अमेरिकाको सकरमा उनको प्रभाव धेरै सकारात्मक रह्यो । दोस्रो, अन्तर्राष्ट्रिय फुटबलमा उनको प्रदर्शन आफैंमा पनि कम्तीको रहेन । सन् २०१८ मा मात्र हो, डेविड बेकह्याम र उनका साथीहरूले इन्टर मियामी स्थापना गरेको । मेसी आएयता यसले उपाधि जित्ने सुख पनि बटुलिसकेको छ ।

मेसी मात्र के आए, एमएलएसका नयाँ फ्रेन्चाइज टिममा युरोपका खेलिरहेका अन्य स्टार पनि आकर्षित भए । अहिले मियामीमा बार्सिलोनाका दुई पूर्व खेलाडी सर्जियो बुस्केट र जोडी अल्बा पनि छन् । 

इन्टरले लिग कपका रूपमा त्यो प्रतियोगिता जितेको छ । त्यसमा एमएसएल, क्यानडा र मेक्सिकोको क्लब खेल्ने गर्छन् । गत वर्ष त अझ राम्रो भयो, मेसी मियामीले क्लब इतिहासमै पहिलो पटक एमएलएसको उपाधि जित्यो ।

विश्व फुटबलकै सर्वकालनीन महान खेलाडी मानिएका मेसीको अमेरिकामा मैदानभित्र र बाहिर दुवैतिर प्रभाव रहेको छ । मियामी नजिकको रेभो सकर एकेडेमीका प्रशिक्षक जुवान पुगिन भन्छन्, ‘मेसी के आए यहाँ त फुटबल लोकप्रियता मज्जाले बढेको छ । सबै जना इन्टरका समर्थक भएका छन् । हाम्रो एकेडेमीमै पनि राम्रो प्रभाव छ । धेरै भन्दा धेरै अहिले फुटबल सिक्न आइरहेका छन् ।’

यो तथ्यले ब्युनस आयर्सबाट यता आएकी ६९ वर्षीया लिली डियाज खुसी छन् । उनी मियाजीको जर्सी लगाउन पनि मन पराउँछिन् । दशकअगाडि आफ्नो देश छाडेका डियाजले अचेल फुटबलको लोकप्रियताका कारण पुराना सम्झना ताजा भएको मान्छिन् । उनी भन्छिन्, ‘अर्जेन्टिनाकै लागि पनि मेसी जत्तिको खेलाडी हुनु ठूलो हो । यो त गर्वको विष्या हो । उनी धेरै युवाका लागि आदर्श छन् ।’

ब्युनस आयर्सकै ६२ वर्षीय जोनी फोर्टेस आफ्नो देशको खेल हेर्न अमेरिका आएका छन् । उनको विश्वास छ, अर्जेन्टिना फाइनल पुग्नेछ । उनी भन्छन्, ‘म दिउँसो र राति फरक काम गर्छु । यसको एउटै उद्देश्य यो विश्वकप हेर्न अमेरिका आउनका लागि थियो । मैले धेरै बलिदान दिएको छु, तर त्यसको पूरापूर मूल्य पनि पाएको छु ।’ मेसीले गर्दा अमेरिकामा फेरि एकपल्ट फुटबल पुनरुत्थान भएको मान्ने यिनीहरू जस्तै धेरै छन् ।

विश्वकप २०२६

एएफपी

Link copied successfully