चुपचाप उपयोगिता सिद्ध गर्दै कप्तान केन

जति बेला लियोनल मेसी र केलियन एमबाप्पे सबै खाले समाचारको शीर्षकमा रहेका बेला केनले आफू पनि कम्तीको छैन भनेर प्रमाणित गरेका छन् ।

असार १९, २०८३

एपी

Captain Kane quietly proving his usefulness

What you should know

एटलान्टा — ह्यारी केनले फेरि एकपल्ट इंग्ल्यान्डका लागि त्यस्तो खेल प्रदर्शन गरेका छन्, जस्तो टिमलाई आवश्यकता थियो । उनका टिम सहकर्मीलाई उनी कति उपयोगी छन्, त्यसमा कहिल्यै शंका रहेन । 

विश्वकप २०२६ को बुधबारको खेलमा यही इंग्ल्यान्ड डीआर कंगोविरुद्ध ७५ मिनेटको खेलसम्म एक गोलले पछाडि थियो । टोली अन्तिम ३२ को प्रतिस्पर्धामा चर्को दबाबमा देखिएको थियो । ठीक त्यही बेला केनको नायकत्व देखियो ।

जति बेला लियोनल मेसी र केलियन एमबाप्पे सबै खाले समाचारको शीर्षकमा रहेका बेला केनले आफू पनि कम्तीको छैन भनेर प्रमाणित गरेका छन् । कुरा के रह्यो भने केनले जे गरिरहेका छन्, चुपचाप गरिरहेका छन् । यी ६ फुट २ इञ्च अग्ला खेलाडी दुई गोल गरेपछि इंग्ल्यान्ड अन्तिम १६ मा पुगेको छ । अब इंग्ल्यान्डको प्रतिद्वन्द्वी हुनेछ, मेक्सिको । यो खेल हुनेछ, मेक्सिको सिटीमै ।

अहिलेको जितपछि केनले माने, प्रशिक्षणमा लगातारको मिहिनेतले नै यस्तो प्रदर्शन सम्भव हुन्छ । उनले भने, ‘पछाडि पछाडि मिहिनेत गर्नुपर्ने भनेकै यस्तै अवसरका लागि हो । मैदानबाहिर लगातार आफ्नो स्थिति अनुकूल बनाउन मिहिनेत गरिरहनुपर्छ । लियोनल मेसीले अहिलेसम्म पनि उस्तै राम्रो खेलिरहेको यस्तै कारण त हो ।’ 

यता कंगोले सक्दो खेले पनि त्यो पर्याप्त रहेन । टोलीका लागि विश्वकपमा यहाँसम्मको यात्रा पनि उपलब्धिमूलक रह्यो । अब यो टिम शिर ठाडो गरेर नै स्वदेश फर्किने छ । केनको दुवै गोलमा सहयोगी भूमिका खेल्ने खेलाडी रहेन, एन्थोनी गोर्डन । उनले खेलपछि भने, ‘मलाई कंगोले हामीलाई हराउने छ भन्ने कहिले पनि लागेन । हामी जित्छौं नै भन्ने लाग्थ्यो । यसका कारण मैदानमा आफ्नै खेलाडीमाथि विश्वास भएर हो । हामी जितकै लागि खेल्छौं र यसकै लागि कडा मिहिनेत पनि गर्छौं । हाम्रो प्रदर्शनकै कारण कंगोका खेलाडी खेलको अन्त्यतिर थाकिसकेका थिए ।’

यस विश्वकपमा केनले गरेको गोलसंख्या पनि ५ पुगिसकेको छ । विश्वकपमै समग्रमा उनको गोलसंख्या १३ पुगेको छ । यस्तोमा उनी विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी भइसकेका छन् । गोर्डनले थपे, ‘जति बेला केनले दुवै अवसरमा गोलका लागि प्रहार गरे, त्यसअघि नै मैले खुसी मनाउन थालिसकेको थिएँ ।’ 

केनमाथि उनको विश्वास यस्तो थियो । व्यावसायिक फुटबल खेल्न सुरु गरेको १६ वर्षपछि केन यति बेला सबैभन्दा बढी आत्मविश्वासी देखिएका छन् । उनी यस खेलको लयलाई मेक्सिकोविरुद्ध पनि दोहोर्‍याउन चाहन्छन् र टिमलाई थप एक पाइला अगाडि पुर्‍याउन चाहन्छन् । उनी भन्छन्, ‘अहिले म राम्रो महसुस गरिरहेको छु । जतिबेला मैदानमा प्रवेश गर्नु गर्छु, मलाई थाहा छ, मेरो भूमिका के हो भनेर । मलाई के विश्वास छ भने मैले भूमिकालाई न्याय गर्न सक्छु भनेर । यो जितमा पनि त्यही भएको हो ।’

विश्वकप २०२६

एपी

Link copied successfully