पोर्चुगलसामु आलोचकलाई चुप लगाउने अवसर

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका लुका मोडरिचले सम्भवतः अन्तिम पटक खेलिरहेको हुनेछन् ।

असार १९, २०८३

कान्तिपुर संवाददाता

Portugal has a chance to silence critics

काठमाडौँ — पोर्चुगलले विश्वकफ २०२६ को अन्तिम ३२ को चरणमा शुक्रबार त्रोएसियाको सामना गरिरहँदा आलोचकलाई चुप लगाउने अवसर पनि हुनेछ । तर क्रोएसियाको एउटा बानी रहेको छ, ठूलो अवसरमा ठूलै टिमविरुद्ध उत्कृष्ट खेल प्रदर्शन ।

यो खेल दुई अनुभवी खेलाडीमध्ये एकको अन्तिम प्रदर्शन पनि हुन सक्नेछ । यो भनेको पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका लुका मोडरिचले सम्भवतः अन्तिम पटक खेलिरहेको हुनेछन् ।

दुवैको उद्देश्य भने आफ्नो खेल जीवनको अन्त्यमा विश्वकपको सफलता स्वाद चाख्ने नै रहनेछ । प्रशिक्षक रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलले आफ्नो अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेकोले आलोचना भइरहेको छ ।  

पोर्चुगलले डीआर कंगोविरुद्धको खेल बराबरी खेलेपछि उज्वेकिस्तानलाई ५–० ले हराएको थियो । उज्वेकिस्तानको तेस्रो खेल पनि कोलम्बियाविरुद्ध गोलरहित बराबरी रह्यो र यसै कारण आफ्नो समूहको दोस्रो स्थानमा रहेको थियो । क्रोएसियाले प्रायः ठूलो प्रतियोगितामा सुस्त सुरुआत गर्ने गर्छ ।

सन् २०२२ को विश्वकपमा पनि क्रोएसियाको प्रदर्शन बराबरी र पेनाल्टी सुटआउटमा निर्भर रहेको थियो । इंग्ल्यान्डविरुद्धको पहिलो खेल गुमाएयता क्रोएसियाले पानामालाई १–० ले हराएको थियो । घानाविरुद्धको खेलमा भने क्रोएसियाले २–१ को जित निकालेको थियो ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully