सह–आयोजक अमेरिका अन्तिम १६ मा

अमेरिकाले विश्वकपको नकआउट चरणमा जित निकालेको पछिल्ला चार संस्करणमा यो पहिलो पटक हो ।

असार १८, २०८३

कान्तिपुर संवाददाता

Co-host USA in the last 16

काठमाडौँ — दस खेलाडीमा सीमित रहेको अमेरिकाले विश्वकप २०२६ मा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराएर बिहीबार अन्तिम १६ को यात्रा तय गरेको छ । यससँगै यस विश्वकपमा तीनै सह–आयोजकको चुनौती कायम रह्यो । यसअघि अन्तिम ३२ को खेलमा क्यानाडा र मेक्सिको पनि विजयी रहेका थिए ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा फोलारिन बालोगनले ४५ औं मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । तर बालोगन पूरा खेलमा टिकेनन् र ६४ औं मिनेटमा रातो कार्डमा मैदान छाड्न बाध्य रहे । बोस्नियाका तारेक मुहारेमोभिचमाथि गरेको फलका कारण अमेरिकी स्ट्राइकरलाई ‘भार’ को मद्दतले रातो कार्ड देखाइएको हो ।

खेलको ८२ औं मिनेटमा मलिक टिलमनले फ्रि किकबाट सुन्दर गोल गरे र अमेरिकाको अग्रता दोब्बर पारेका थिए । उनले पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको हो । अमेरिकाले विश्वकपको नकआउट चरणमा जित निकालेको पछिल्ला चार संस्करणमा पहिलो पटक हो ।

अब क्वाटरफाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमको सामना गर्नेछ ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully